झापाका ३ सहित थप ५३५ जनामा कोभिड–१९ पुष्टि
बिर्तामोड । देशभर थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ ।
यसमध्ये झापाका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिउ ।
झापा भद्रपुरस्थित हिमाली क्वारेन्टाइन बसेका २ महिला र दमक ४ का १ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ ।