बैशाख २९, २०८२ सोमबार

टोल समितिको अध्यक्षमा खरेल

सिएम शर्मा

बिर्तामोड । बिर्तामोड नगरपालिका– ५ को पुरानो भद्रपुर रोडमा आईतबार ७० घरधुरिलाई समेट्दै टोल बिकास समिति गठन भएको छ ।

बिर्तामोड नगर कार्यपालिका सदस्य भगिरथा घिमिरेको अध्यक्षता र अनेम संघ केन्द्रीय सदस्य टीका घिमिरेको प्रमुख आतिथयमा सम्पन्न भेलाबाट उर्मिला बिमली खरेलको अध्यक्षतामा १३ सदस्यीय टोल विकास समिति गठन गरिएको हो । सो समितिमा महिला मात्र छन् ।

समितिको उपाध्यक्षमा मुना चुडाल घिमिरे , सचिव बिमला भट्टराई , कोषाध्यक्ष कमला प्रसाईं , सदस्यहरु भगिरथा तिम्सिना ,लिला निरौला, सुनिता पोखरेल, सीता खरेल, लता भगत चौधरी , प्रिका चौधरी, शान्ता देबि सापकोटा , सुधिरा श्रेष्ठ , बिष्णु माया खड्कालाई चयन गरिएको छ ।

नव गठित समितिको अध्यक्ष उर्मिला विमली खरेलले सबैलाई धन्यवाद दिदै टोल बिकास समितिले टोललाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

प्रकाशित मिति : असार ८, २०७७ सोमबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]