बिर्तामोडका दुई युवामा कोरोना पुष्टि
बिर्तामोड । झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर बिर्तामोडको क्वारेन्टाइनमा बसेका थिए ।
बिर्तामोड ५ र ७ नम्बर वडाका दुई जनामा पुष्टि भएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । यसबारे स्वास्थ्य मन्त्रालयले सार्बजनिक गर्न बाकी छ ।