असार ४, २०८२ बुधबार

दैलेखका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत । दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। केएन पौडेलले जानकारी दिएका छन् ।

गएको असार ३ गते उपचारका लागि दैलेखबाट सुर्खेत आएका उनको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।

उनी समुुदायस्तरबाट आएकोले कोरोना संक्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्नै बाँकी छ ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ३ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]