झापाका १५ वटै पालिकामा संक्रमण
बिर्तामोड – झापाका १५ वटै पालिकामा कोरोना संक्रमण देखिएको छ । मंगलबार बिर्तामोड नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएपछि जिल्लाका सबै पालिकामा संक्रमण देखा परेको हो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मंगलबार जिल्लाका चार वटा पालिकामा गरी १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८ जना महिला छन् ।
जिल्लामा पहिलो पटक गत बैशाख १२ गते दमक नगरपालिकाका ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको थियो ।