कन्ट्याक्ट ट्रेसिङ गर्न होमक्वारेन्टाइन बसेका संक्रमितको घर पुग्यो बिर्तामोडको स्वास्थ्य टोली
बिर्तामोड । होमक्वारेन्टाइनमा बसेका बिर्तामोड– ७ का १ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न शुरु गरिएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको टोली संक्रमितलाई अस्पताल पठाएर ट्रेसिङको लागि उनको घर पुगेको छ ।
बिर्तामोडका फोकल पर्सन ओम खड्कासहितको टोली ट्रेसिङका लागि संक्रमितको घर गएको नगरपालिका स्रोतले जनाएको छ । संक्रमित पुरुष असार ४ गते भारतको चेन्नाईबाट आएका थिए । उनले होम क्वारेन्टाइनमा सुरक्षित बस्ने भनेपछि उनलाई सोहि अनुसारको व्यवस्था मिलाइएको बिर्तामोड – ७ कि कार्यवहाक अध्यक्ष चन्द्रकला पकुवालले जानकारी दिइन् । उनका अनुसार संक्रमित व्यक्ति घरमै सुरक्षित बसेका थिए । वडाध्यक्ष पकुवालले संक्रमित व्यक्तिको परिवार पशु स्वास्थ्यमा काम गर्ने भएकाले सुरक्षामा विशेष ख्याल गरेको जानकारी दिइन् । उनले आफुले समेत निगरानी गरिहरेको बताइन् ।
होम क्वारेन्टाइन बसेका ति संक्रमित घरमै बसेकाले धेरै जोखिम नभएको अनुमान गरिएको छ । स्थानीयका अनुसार घरमै हेलमेल गरेर परिवारका अन्य सदस्य संक्रमित भए गाउँमा समेत जोखिम हुनेछ । वडाध्यक्ष पकुवाल भन्छिन्, – घरमा पनि सामाजिक दुरीसहित बसेका थिए । डोरीले घेरा लगाएर बसेकाले आत्तिहाल्नु पर्ने अवस्था छैन ।
यसबारे फोकल पर्सन खड्काले टे«सिङ सकिएपछि मात्र प्रतिक्रिया दिने बताए । उनले भने, हामी ट्रेसिङका लागि संक्रमितको घर जाँदैछौं, बुझेर जानकारी दिनेछौं ।