बैशाख २८, २०८२ आईतबार

बिर्तामोडमा भेटिएका संक्रमितको घर सिल, गाउँलेलाई सचेत गराइयो

बिर्तामोड । होमक्वारेन्टाइन बसेका बिर्तामोडका संक्रमितको घर सिल गरिएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले संक्रमितको बिर्तामोड–७ स्थित रेखा टोलमा रहेको घर सिल गरेको हो । उनको घरमा सिल गरेको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए ।

संक्रमितलाई उपचारको लागि गोठगाउँ पठाएपछि खड्का सहितको टोली संक्रमितको घरमा आजै कन्ट्याक्ट ट्रेसिङको लागि पुगेको थियो । टोलीले घरमा सिल गरेर छरछिमेक र टोल समितिलाई समेत आवतजावतमा सचेत गराएर फर्किएको छ । फोकल पर्सन खड्काले संक्रमितको परिवारलाई भोली बुधबार परीक्षण गरिने जानकारी दिए । परिवारका सदस्यहरु बाहिर पनि घुमफिर गरेकाले जोखिम हुने सक्ने टोलीको अनुमान छ । खड्काले भने, संक्रमित घर मै भएकाले परिवारसँग हेलमेल त भैहाल्छ, परिवारको परीक्षण पछि जोखिमको आँकलन गर्न सकिन्छ ।

टोलीका सदस्यहरुले परिवार पनि संक्रमति भएमा समुदायमा फैलिन सक्ने जानकारी दिएका छन् । सो क्षेत्रमा मानवीय चहलपहल रोक्ने गरी नगरपालिकाले त्यहाँका बासिन्दालाई सचेत गराइएको छ ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]