बिर्तामोडका व्यवसायीलाई गोलो घेरा बनाउन प्रहरीको आग्रह
बिर्तामोड । बिर्तामोड बजार क्षेत्रका केहि पसलमा प्रहरीले सामाजिक दुरी कायम गर्न गोलो घेरा बनाउने काम गरेको छ । आज विहान आधा दर्जन पसल पुगेर इप्रका अनारमनीको टोलीले पसलको अगाडि भागमा घेरा हानेको हो ।

लकडाउन खुकुलो भएपछि व्यापारीले सामाजिक दुरी कायम नगरी व्यवसाय सञ्चालन गरेपछि प्रहरीले दुरी कायम गर्न आग्रह गर्दै घेरा हान्ने कामको थालनी गरेको छ । इप्रका अनारमनीका डिएसपी मुकुन्द रिजालले व्यवसायीलाई सचेत गराउदै केहि पसलमा घेरा हानिएको जानकारी दिए ।
व्यवसायीले लकडाउन खुकुलो भएपनि व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सामग्री अनिवार्य राख्नुपर्ने र उपभोक्ताका लागि सामाजिक दुरीको व्यवस्था गर्नुपर्ने डीएसपी रिजालको भनाई छ । उनले प्रहरीले केहि व्यवसायीलाई पहिलो चरणमा जागरणमा लागि घेरा बनाइदिएको बताए । यो हामीले सन्देश दिएका हौं, आशा छ सबै व्यवसायीले यो काम गर्नु हुनेछ, रिजालले भने । उनले सबै व्यवसायीलाई भीडभाड नगरी सामाजिक दुरी कायम गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । सो अभियानलाई बिर्तामोडका केहि युवाले सहयोग गरेका छन् ।