बैशाख २८, २०८२ आईतबार

बिर्तामोड बन्द गर्ने निर्णय भएको छैन : प्रवक्ता पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बजार बन्द गर्ने विषय सत्य नभएको प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनले अहिलेसम्म नगरले बजार गर्ने सन्दर्भमा कुनै पनि निर्णय नगरेको बताएका छन् ।

आज बिहीवारबाट बजार बन्द हुने हल्लाले व्यवसायी दोधारमा परेका थिए । यसबारे प्रवक्ता पाण्डेले बजार बन्दको हल्लाको पछि नलाग्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले नगरपालिकालको आधिकारिक निर्णय नभएसम्म यस्ता हल्लाको पछि नदौडिन आग्रह गरेका हुन् । कनकाई नगरपालिकाले १३ गतेसम्म बन्द गर्ने निर्णय गरेपछि बिर्तामोड पनि बन्द गर्ने हल्ला चलेको थियो । यसबारे नगरले आजसम्म कुनै निर्णय गरेको छैन ।

बिर्तामोडको १ देखि ५ नम्बर वडासम्म बन्द हुने हल्ला बजारमा व्यापक छ । वडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बजार बन्द गर्ने विषय सत्य नभएको बताए ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]