झापामा मदन जयन्तीको अवसरमा रक्तदान
झापा । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा झापामा रक्तदान गरिएको छ । मदन भण्डारी फाउण्डेसन झापाले रक्तदान कार्यक्रमको आयोजना गरेर जननेतालाई सम्झिएको छ ।

फाउण्डेसको कार्यलय परिसरमा आयोजना गरिएको रक्तदानमा ४८ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका संयोजक शिव ढुङ्गेलले लकडाउनका बाबजुत पनि रक्तदान गर्नु हुने महानुभावलाई धन्यवाद दिएका छन् ।

फाउण्डेसनले ७ वर्षदेखि रक्तदान कार्यक्रम गरेर भण्डारीको जन्मदिनलाई विशेष बनाउँदै आएको छ । रक्तदान कार्यक्रममा सहभागी भएर प्रदेशसभाका सदस्य बसन्त बानियाँले ४३ औं पटक, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीले २९औं पटकलगायत पाँच दर्जनले नेता कार्यकर्ताले रक्तदान गरेका छन् । रक्तदान पछि दाताहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको छ ।
रक्तदान कार्यक्रममा जिल्लादेखि केन्द्र तहका नेता, जनप्रतिनिधिले जननेता भण्डारीलाई सम्झिएका छन् ।