मदनभण्डारीका विचारलाई इमान सहित अनुशरण गरौंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई इमान सहित अनुशरण गर्न आग्रह गर्नुभएको छ ।
स्वर्गीय नेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अबसरमा शनिवार आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले भौतिक वादीले पाप र धर्ममा विश्वास नगर्ने तर भौतिकवादीले निष्ठा र सत्यमा रहनु पर्ने उल्लेख गर्दै कतिपय भौतिकवादी निष्ठा र सत्यबाट च्यूत भए पछि उनीहरुले जे सुकै गर्न पछि नपर्ने बताउनुभयो ।