जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड–भद्रपुर सडक हिलाम्मे , कालोपत्रे भदौमा मात्रै

बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्ड वर्खायाम अगामै कालोपत्रे हुने आम नागरिकको आशा पुरा नहुने भएको छ ।

स्थानीय निर्माण व्यवसायी केदार गिरीले निर्माणको जिम्मा लिएपछि समयमै कालोपत्रे हुन्छ र यो वर्षको हिलोबाट सुरक्षित भइन्छ भन्ने अपेक्षा अपुरो हुने निश्चित भएको छ ।

आशिष–प्रेरा जेभी काठमाडौंले सम्झौता बमोजिम सडक निर्माण गर्न सकेको छैन । पेटी कन्ट्याक्टमा राजकिशोर गुप्ताले ठेक्का लिएर सडक अलपत्र बनाएका थिए । उनले साइड ड्रेनको काम लगभग सकेर सम्पर्क बिहीन भएपछि ठेक्का पाएको कम्पनीले गुप्ताबाट काम खोसेर बिर्तामोडस्थित कञ्चन निर्माण सेवालाई काम दिएको थियो ।

लकडाउन र वर्षाका कारण काम प्रभावित भएकाले समयमै पुरा गर्न नसकेको कञ्चन निर्माण सेवाका सञ्चालक गिरीले जानकारी दिए । उनले भने, सामान्य कामहरु त भइरहेकै छ । तर, कालोपत्र अहिले हुदैन । अब भदौतिर मात्रै कालोपत्रको काम हुने गिरीको भनाई छ । केहि दिनअघिसम्मको नियमित वर्षाले गर्दा काम अघि बढाउन नपाएकाले कालोपत्रेको काम धकेलिएको गिरीले बताए ।

बिर्तामोड–भद्रपुर सडक खण्ड सम्पन्न गर्ने अन्तिम समय ०७६ असोज २३ सम्झौतामा उल्लेख गरिएको थियो । ४.०७ किमि सडम निर्माणका लागि सरकारले २७ करोड लगानी गरेको छ । ०७५ असारमा सम्झौता भएको सडक निर्माणको काम ०७७ असार अगावै सकिने अधिकांशको अपेक्षा थियो ।

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार  १२ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]