झापाकी महिलाद्वारा नेकपा एमाले पार्टी दर्ता लागि निवेदन
बिर्तामोड । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । झापाकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको सूचना बाहिर आएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषय जनाकारी गराएका थिए ।