झापामा आज एकैदिन २० जना संक्रमित थपिए
बिर्तामोड । झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २४९ पुगेको छ ।
झापाको मेचीनगरमा ७ , बुद्धशान्ति ५, गौरादह ७ र गौरीगञ्जका १ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
मगलवारसम्म भद्रपुरमा ६, मेचीनगर २०, बिर्तामोड २, कनकाई ८, अर्जुनधारा ५, दमक ६, गौरादह ४, शिवसताक्षी २, बुद्धशान्ति ११, हल्दिवारी ८, कचनकवल १२९, कमल १, गौरीगञ्ज १७, बाह्रदशी ८ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
झापाका संक्रमितमध्ये १८८ जना उपचारपछि घर फर्किसकेका छन् । देशभर उपचारपछि ४ हजार ६ सय ५६ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।