प्रधानमन्त्री ओली गंगालाल अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र पुगेका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्।
‘डाक्टरले बेलाबेलामा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिएअनुसार उहाँ परीक्षणका लागि अस्पताल जानुभएको हो,’ बजगाईंले भने।