असार ५, २०८२ बिहीबार

सेनाका दुई उच्चअधिकृत बर्खास्त

काठमाडौ। अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई नेपाली सेनाले पदबाट बर्खास्त गरेको छ ।

आज बसेको समरी जनरल सैनिक अदालतले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको थियो । सोही फैसला अनुसार रथी रावल तथा महासेनानी खड्कालार्ई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाले जनाएको छ । दुवैलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको बताइएको छ ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने अवधारणामा प्रष्ट रहेको आज विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । साथै दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]