झापामा २४९ जना कोरोना संक्रमित, १८८ उपचारपछि फर्किए
छत्रलाल राजवंशी –
बिर्तामोड । झापामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २४९ पुगेको छ । आज थप २० संक्रमित थपिएका छन् ।
बुधबार झापाको मेचीनगरमा ७ , बुद्धशान्ति ५, गौरादह ७ र गौरीगञ्जका १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
आज थप भएकाहरुसँगै संक्रमितको संख्या भद्रपुरमा ६, मेचीनगर २७, बिर्तामोड २, कनकाई ८, अर्जुनधारा ५, दमक ६, गौरादह ११, शिवसताक्षी २, बुद्धशान्ति १६, हल्दिवारी ८, कचनकवल १२९, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापा गापामा १ जना पुगेको छ ।
देशभर उपचारपछि ४ हजार ६ सय ५६ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।