राष्ट्रपतिलाई भेट्न नेकपाका अध्यक्ष प्रचण्ड शीतलनिवासमा
काठमाडौ। नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
अहिले अध्यक्ष र राष्ट्रपतिबीच भेट भई रहेको राष्ट्रपतिका मुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसदको जारी बर्षे अधिवेशन आज ५.०० बजेबाट अन्त्य भएको घोषणा गर्नुभएपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुग्नुभएको हो । मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।