राष्ट्रपति भेट्न गएका प्रधानमन्त्रीले मन्त्रीलाई बालुवाटार बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। ओलीले साँझ ७ बजे केही मन्त्रीहरूलाई निर्देशन दिएर आफू भने त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् ।

एक मन्त्रीका अनुसार मन्त्रीपरिषद बैठक नभनिएको तर प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको पुष्टी गरे । उनले पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल हुनसक्ने अनुमान भएपनि बोलाइनुको स्पष्ट कारणबारे जानकारी नभएको बताए ।
ूप्रधानमन्त्रीले आफ्नो पक्षमा रहनु भएका मन्त्रीहरूलाई बोलाउनु भएको जस्तो लाग्छ । विषयको बारेमा केही भनिएको छैन, क्याबिनेट बैठक पनि होइन होला,ू ती मन्त्रीले भने ।
अरू केही मन्त्रीहरूलाई भने यस विषयमा कुनै जानकारी नभएको बताए ।