बैशाख २७, २०८२ शनिबार

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

बिर्तामोड । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : असार २४, २०७७ बुधबार  १२ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]