बैशाख २७, २०८२ शनिबार

झापामा कोरोना जित्नेहरुको सङ्ख्या बढी

बिर्तामोड । प्रदेशको कोरोनाको उच्च जोखिम दर रहेको झापामा कोरोना सङ्क्रमितभन्दा रोग जितेर घर फर्कनेको सङ्ख्या बढी पाइएको छ ।
समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत गएको छैन । कामका सिलसिलामा विदेशमा पुगेका व्यक्तिहरू उतैबाट सङ्क्रमित भएर घर फर्केका कारण कोरोना झापामा प्रवेश गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाको विवरण अनुसार असार २४ गतेसम्ममा झापामा २ सय ९६ जनालाई कोरोना भएकोमा १ सय ९६ जना रोग जितेर घर फर्किसकेका छन् । जसमध्ये १३ जना महिला तथा १ सय ८३ पुरूष रहेका छन् ।

पछिल्लो पटक झापाका कमल र झापा गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएका छैनन् भने सबैभन्दा बढी मेचीनगरमा ३७ जना सङ्क्रमित रहेको पाइएको छ । त्यसपछि क्रमशः उच्च सङ्क्रमित रहेका स्थानीय तहमा गौरादह ८, कनकाइ ७, हल्दिवारी ६, दमक ५, बुद्धशान्ति ५ लगायतमा रहेकाहरु उपचारमा रहेका छन ।

कार्यालयका फोकल पर्सन जीवन चौलागाईंका अनुसार पुरूषको सङ्ख्या बढी छ भने अधिकांस वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति सङ्क्रमित पाइएको छ । उनका अनुसार २० देखि ५० वर्ष उमेर समूह नै अधिक भेटिएका छन् ।

यस्ता व्यक्तिहरूमा अहिलेसम्म शारीरिक जटिलता पाइएको छैन । सामान्य अवस्थामै उपचार गरेर घर फर्कन सफल भइरहेको चौलागाईंको भनाइ छ ।

प्रकाशित मिति : असार २५, २०७७ बिहीबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]