बैशाख २७, २०८२ शनिबार

थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

बिर्तामोड । पछिल्लो २४ घण्टामा  ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ ।

योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित ८३०६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार ८०६  हजार पीसीआर परीक्षण भएकाे छ । हालसम्म २७५२५१ परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ९१० र आइसोलेसनमा आठहजार ६०३ रहेका छन् ।

डिस्चार्ज

आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ११ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ४८.२ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित 

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा  २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएकाे छ ।

उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, साेमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि भएकाे थियाे ।

पाँचसय भन्दा बढी उपचाररत छ जिल्ला

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त छवटा जिल्ला

धनकुटा, भोजपुर , सोलुखम्बु,  हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]