बैशाख २८, २०८२ आईतबार

झापामा बाढीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

बिर्तामोड । झापामा खोलाले बगाउँदा एक जनाको मृत्यू भएको छ भने एक जना वेपत्ता भएका छन् । बिरीङ खोलाले बगाउँदा झापा गाउँपालिका ५ स्थित स्थानीय ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो ।

आज दिउँसो २.३० बजेतिर मलामी जाँदा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । प्रहरी चौकी शरणामतीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा गाउँलेको सहयोगमा साँझपख उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ३ का हिरण राईलाई मेची खोलाले बगाएर वेपत्ता बनाएको छ । ३३ वर्षीय राई वेपत्ता भएपछि प्रहरी चौकी महेशपुरले खोजी शुरु गरेको छ ।

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]