असार ६, २०८२ शुक्रबार

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

बीबीसी । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
तर उहाँका छोरोअ अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।

उहाँहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनु भएको छ । अमिताभले उहाँसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]