जेष्ठ ३, २०८२ शुक्रबार

नेपालमा कोरोना सङ्क्रमण दर कम

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर कम हुँदै गएको छ । दैनिक आठ सयको हाराहारीमा देखिएको कोरोना पछिल्लो समय एक सयको हाराहारीमा देखिन थालेको छ । शनिबार सबैभन्दा कम ७० जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ । प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा तीन हजार ६५८ पीसीआर परीक्षण भएको छ । योसँगै परीक्षणको दर पनि घट्दै गएको छ ।

विभिन्न आइसोलेसनमा आठ हजार २३९ जना सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घन्टामा ४३१ जना कोरोना जितेर सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ४४२ पुगेको छ । हाल देशभर सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ छ । प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा २४ हजार ९१० जना रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]