बैशाख २८, २०८२ आईतबार

थप ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि , कुल १६ हजार ८०१ पुग्याे

बिर्तामोड । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा आठहजार १७४ रहेका छन् ।

डिस्चार्ज

आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ५८९ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१।१ प्रतिशत हो ।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा सङ्क्रमित पुष्टि भएको छैन ।

उपत्यकामा अहिलेसम्म तीनसय ४७ सङ्क्रमित

उपत्यकामा अहिलेसम्म तीनसय ४७ पुगेको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा सङ्क्रमण भएका छन् । केही स्थानीय रुपमा सङ्क्रमण भएकाहरु शुन्य दशमलब १८ मात्र रहेको छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]