बैशाख २८, २०८२ आईतबार

झापाका २० सहित प्रदेश १ मा थप ३३ जना डिस्चार्ज

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन् ।

सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरूमा मोरङका पाँच जना, झापाका २० जना, सुनसरी दुइ जना, ताप्लेजुङका एक जना, सङ्खुवासभाका तीन जना र खोटााङका दुइ जना छन् । उनीहरूको डिस्चार्जपछि अस्पतालमा ४२ जना उपचाररत बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभएको छ ।

पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भइसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरू समेत उपचारपछि घर फर्किसकेका छन् । गोठगाउँमा हालसम्म २७५ जना भर्ना भइसकेका छन् ।

प्रदेश १ मा जम्मा सङ्क्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना सङ्क्रमित उपचाररत रहेका छन् । प्रदेश १ मा सङ्क्रमणपछि निको भएर घर फर्कने ८३.४२ प्रतिशत पुगेकाे छ ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ४ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]