पूर्वीद्वारबाट शुरु भयो बिचारमञ्च
बिर्तामोड । झापाको मेचीनगरबाट अनलाइन न्यूज पोर्टलको रुपमा बिचारमञ्च डटकम शुरु भएको छ । पूर्वीद्वार काँकरभिट्टाबाट शुरु भएको बिचारमञ्चले समाचार सामग्री सहित बिचार प्रवाहलाई मुख्य प्राथमिकतमा राखेको छ ।

नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य सम्पादक प्रकाशक रहेको अनलाइन आजबाट शुभारम्भ गरिएको हो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल आचार्यले बिचारमञ्च आम नागरिकको विचार प्रवाह हुने सञ्चार माध्यमका रुपमा स्थापित गरिने बताए ।
शुभारम्भ कार्यक्रममा नेकपा मेचीनगरका अध्यक्ष माधब अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी, जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, तरुण दल झापाका अध्यक्ष गोपाल तामाङ, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, काँकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दिपक पोखरेल र पत्रकार ज्ञानेन्द्र निरौलाले आआफ्ना धारणा राखेका थिए ।