बैशाख २८, २०८२ आईतबार

झापामा बाढीमा परेर मृत्यु भएका प्रति परिवारलाई १ लाख राहत

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेशको मृत्यु भएको थियो ।

उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार रु एक लाखको दरले राहत दिइने व्यवस्था छ ।

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  ४ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]