ओसासुनासँग बार्सिलोना स्तब्ध
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमै बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो । खेलको १५ औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए ।

६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए ।
त्यसअघि खेलको ७७ औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो । यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ ।
बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ । ५१ अंक जोडेको ओसासुना ११ औं स्थानमा रहेको छ ।