बैशाख २८, २०८२ आईतबार

६५ प्रतिशत संक्रमणमुक्त

बिर्तामोड । नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै गइरहेको छ। कुल संक्रमितमध्ये ६४ दशमलव ९ प्रतिशत निको भएका छन्। बिहीबार २१३ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा साउन १ गतेसम्म १७ हजार ३४४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ११ हजार २ सय ४९ जना व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। 

हाल देशभर ६ हजार ५६ जनाका संक्रमितको भने उपचार भइरहेका भइरहेको छ।  नेपालमा गतमाघ ९ पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको थियो। 

वैशाख, जेठ  र असारको पहिलो हप्ता उकालो लागेको कोरोना संक्रमितको संख्या अहिले घटिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]