असार ७, २०८२ शनिबार

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि


बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ । 

इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा  ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा  बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए । 

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । 

यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुईदुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ ।  

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  १ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]