कर्मचारीको मृत्यु भएपछि शोकमा एनएमसी बन्द
बिर्तामोड । दुर्घटनामा परी कर्मचारीको मृत्यू भएपछि शोकमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को सेवा आज बन्द हुने भएको छ ।

गएराती मोटरसाइकल दुर्घटनामा परी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी ) का गौरीगञ्ज शाखा प्रमुख प्रदीप लम्सालको मृत्यु भएको थियो । एक सूचना जारी गर्दै एनएमसीले गौरीगञ्ज शाखा पूर्ण रुपमा बन्द हुने र अन्य शाखाहरु दिउँसो १ः३० बजेसम्म मात्र खुल्ला हुने जनाएको छ ।
झापा गाउँपालिका वडा नं ६ घर भएका लम्साल गए राति पूर्वबाट पश्चिम तर्फ गइरहेको अबस्थामा झापाको केर्खामा रागासँग ठोकिएका थिए ।