गौरीगञ्जमा भारतीय तस्कर र सशस्त्रबिच झडप
गौरीगञ्ज । गएराती गौरीगञ्ज –५ स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्करहरु बिच झडप भएको छ ।

सीमामा रहेको १५२ नंम्बरको पिलर पूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । सामान वारी पारी गर्न पाउनु पर्ने भन्दै गएराती करीब ५० जनाको समुहमा आएको भारतीयहरुको समुहले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथी हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ ।
झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएको र भारतीय तर्फ कति जना हाताहाती भए भनेर यकिन नभएको सशस्त्र प्रहरीले जनाएको छ । तर, स्थानीयहरुको भनाइ अनुसार ठुलो संख्यामा भारतीयहरु घाइते भएका छन् । हवाइ फायर पछि तितरबितर भएका भारतीयहरु भारत तर्फ भागेको र अहिले भारतीय सिमा सुरक्षा बलसँग घटना बारे समन्वय भइरहेको सशस्त्र प्रहरी बल खजुरगाछीका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जानकारी दिए ।