बिर्तामोड र भद्रपुरमा यौनजन्य अपराध बढ्यो
बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा यौनजन्य अपराध बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वार्षिक समीक्षामा झापा प्रहरी प्रस्तुत गरेको प्रतिवेदनले दुई नगरमा यौनजन्य अपराध बढेको उल्लेख गरिएको छ ।

तीव वटा आर्थिक वर्षलाई नियाल्दा झापामा ०७५/७६ भन्दा ०७६/७७ मा यस प्रकारको घटनामा कमि आएको छ । ०७४/७५ मा १३४,०७५/७६ मा १७४ र ०७६/७७ मा १२६ वटा यौनअपराध भएको देखिन्छ । जवरजस्ती करणी ८५, जवरजस्ती करणी उधोग २४, बाल यौन दुरुपयोग १३ र अपाकृतिक मैथुनका ४ वटा घटना भएको झापा प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यौनजन्य अपराधको कुल घटनामा बिर्तामोड, भद्रपुर र दमकमा ४६ प्रतिशत घटना भएका छन् । १८ वर्षभन्दा कम उमेर भएकाहरु यौनजन्य अपराधबाट पीडित भएको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । यस प्रकारको अपराधमा ९७ प्रतिशत परिचित व्यक्तिबाटै पीडित भएका छन् । प्रतिवेदनमा उल्लेख भए अनुसार सामान्य लेखपढ गर्न जान्नेहरु पीडित छन् । डर धाकधम्की देखाएर यौन अपराध गर्नेको संख्या धेरै रहेको बताइको छ ।