बाँध फुटेर गाउँ पस्यो कनकाई माई , तीन वस्ती डुब्यो
बिर्तामोड । दुई दिनदेखिको लगातारको वर्षाले कनकाई माई गाउँ पसेको छ । वर्षाले खोला बढेपछि गाउँबासीलाई प्रभावित बनाएको हो ।

कनकाई माई बढेर झापा गाउँपालिका–२ को सडकबारी बस्ती र वडा नं. १ को मिलन वस्ती डुवानमा परेको छ । स्थानीयका अनुसार सयौं घर डुवानमा परेको छ । लसुनगञ्जमा समेत खोला पस्न लागेको बुझिएको छ । अहिले सो वस्तीका नागरिक र पशुचौपाय उद्धारको काम भइरहेको छ । स्थानीय सुरक्षाकर्मी , जनप्रतिनिधि र गाउँले उद्धारकार्यमा खटिएका छन् ।

सडकबारी पश्चिम क्षेत्रमा रहेको कनकाई माईको बाँध फुटेर गाउँ डुवानमा परेको स्थानीय रुपक रावंशीले जानकारी दिए ।



