असार ८, २०८२ आईतबार

कोरोना संक्रमितको मृत्युपछि राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आज ९बिहीबार० बिहान ५ बजेदेखि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्को आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा र स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका पाँच जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]