असार ८, २०८२ आईतबार

रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति

काठमाडौँ, साउन ११ गते । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईमा सो मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको छ ।

सर्वोच्चका न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चले सो निर्णय गरेको हो । योसँगै साे मुद्दा अब अदालतमा पुनः विचाराधीन हुन पुगेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार  ५ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]