कनकाईले डुवायो सय विगाभन्दा धेरै धानबाली, रंगियथान क्षेत्र जोखिममा
बिर्तामोड । झापाको गौरीगञ्ज –१ रंगियथान क्षेत्रको करिव सय विगाभन्दा बढि धान खेति डुवानमा परेको छ । स्थानीय अभि राजवंशीले दिएको जानकारी अनुसार कनकाई माईमा आएको बाढिले धान खेति डुवाएको हो ।

लगातारको वर्षाले कनकाई माईमा आएको बाढिले बाँध फुटाएर धानबालीमा ठुलो क्षति पुर्याएको राजवंशीले जानकारी दिएका छन् । उनले भने, सय विगामा लगाएको धान पूर्ण रुपमा क्षति भएको छ । यहाँ स्थानीय तहले ख्याल नगर्दा खोला गाउँमा पस्यो । केहि दिनअघि सम्म बाँध फुटेको थिएन, त्यसमा कसैले चासो नदिएपछि बाँध फुटेर ठुलो क्षति पुर्याएको स्थानीय बासिन्दाको भनाई छ ।
कनकाई नदी बाँध फुटाएर खेतबाट बग्न थालेको छ । खोलाको आधाभन्दा धेरै पानी खेतबाट बग्न थालेपछि गाउँ कटान गर्ने जोखिम बढेको राजवंशीले इजलासलाई जानकारी दिए । उनका अनुसार खोलाबाट पानीको सतह खेतबारीमा उक्लिएको छ । गाउँमा कटान थाल्यो भने रंगियथान नै बगाउन सक्ने उनको भनाई छ । कनकाईमा आएको बाढीले किसानको मेहनत र लगानी समेत बगाएको जिकिर गरेका छन् ।