झापाको कनकाई, गौरादह र हल्दिवारी कोरोनामुक्त
बिर्तामोड । झापाको तीन वटा स्थानीय तह कोरोना मुक्त भएको छ । कनकाई , गौरादह र हल्दिवारी कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कनकाईका १२, गौरादह ११ र हल्दिवारीका १२ जना संक्रमितहरुको उपचार पुरा भइसकेको छ । उनीहरु उपचार निको भएर घर फर्किसकेका छन् । आज विहानसम्मको तथ्याङक अनुसार जिल्लाभर संक्रमितको संख्या ३५१ पुगेको छ ।
त्यसमध्ये जिल्ला बाहिरका ५ जना छन् । कुल संक्रमित मध्ये २० जना सशस्त्र प्रहरी हुन् । उपचार हुन ३ महिला सहित ४४ जना पुरुष बाँकी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भद्रपुरका १, मेचीनगर २३, विर्तामोड २, अर्जुनधारा १, शिवसताक्षी १, दमक २, झापा ५, बाह्रदशी ५, बुद्धशान्ति १, कचनकवल १ , कमल १ र गौरीगञ्जका ४ जनाको उपचार हुन बाँकी छ । जम्मा संक्रमित मध्ये ३०४ जना उपचार पछि निको भएर फर्किएका छन् ।