कनकाईमा मास्क नलाई हिडडुल नगर्न आग्रह
सिएम शर्मा
कनकाई । कनकाई नगरपालिकामा समुदायमा कोरोना फैलन नदिन सचेतना अभियान शुरु भएको छ । बुधबार कनकाई नगरपालिकाको सहयोग साथै कनकाई नगर बाल सञ्जाल र ईलाका प्रहरी कार्यलय सुरुङ्गाको आयोजनामा कोभिड –१९ सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।

सुरुङ्गामा बजारको दिन पारेर कनकाई नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा , कनकाई नगर बाल सञ्जालका अध्यक्ष हिमांशु उप्रेती साथै बाल संजालका सबै वडाका अध्यक्ष र सदस्यहरु , ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक पदम सुन्दर लिम्बू , प्रहरी सहायक निरिक्षक इन्द्र भुजेल , सुरुङ्गा ट्राफिक प्रहरी प्रमुख प्रहरी साहायक निरिक्षक चन्द्रकुमार बस्नेत साथै सुरक्षाकर्मीहरु , जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा बजार क्षेत्रमा कोरोना सचेतना र्याली निकाल्दै सुरक्षा सतर्कता नअपनाई व्यापार व्यवसाय गर्नेहरुलाई सचेतना जगाउदै र निशुल्क माक्स बितरण गर्दै घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।
यसरी माक्स वितरण गर्ने क्रममा बजारको दिन बजारमा किनमेल गर्न आउने सर्वसाधारणलाई समेत निशुल्क मास्क प्रदान गर्दै अनिवार्य मास्क लगाउन र मास्क नलगाई हिड्डुल नगर्न अनुरोध गरिएको छ । कार्यक्रमलाई नगरका सबै बजारमा निरन्तर निरन्तर अभियान सञ्चालन गरिने कनकाई नगर बाल संजालका उपाध्यक्ष दिवस कार्कीले जानकारी दिए ।