असार ९, २०८२ सोमबार

विध म्यानेजमेन्टलाई कोरोना परीक्षणको अनुमति : ४५ सय शुल्क, ५ घण्टामै नतिजा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरस्थित कुपन्डोलमा रहेको विध म्यानेजमेन्टलाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

यसअघि मन्त्रालयले ४ वटा निजी ल्याबलाई कोरोना परीक्षण गराउने अनुमति दिइसकेको छ। त्यसैगरी ह्याम्स, केएमसी र स्टार अस्पतालले पनि कोरोना परीक्षणको अनुमति पाएका छन्।

म्यानेजमेन्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारबाट शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति पाएको जनाएको हो ।

‘म्यानेजमेन्टमा भएको ल्याबले दैनिक ४ हजार भन्दा बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको तथा पाँच घण्टा भित्रमा नै परीक्षणको रिपोर्ट उपलब्ध गराउन सकिने जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

जनतालाई छिटो छरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा सहकार्य र सहयोग पुर्‍याउने विश्वासका साथ म्यानेजमेन्टले पाँच हजार ५ सय तिरेर परीक्षण गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]