पाथिभरा गणका ३ जना सशस्त्र प्रहरीसहित थप २७४ जनामा कोरोना पुष्टि
विर्तामोड । झापाका ४ जनासहित नेपालमा थप २७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
पाथिभरा गण पाडाजुगीका ३ जना सशस्त्र प्रहरी र दमक कि १ महिलामा कोरोना पुष्टि भएको हो । महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घन्टा थपिएका सङ्क्रमितसंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको हो।
देशभर अहिले ५ हजार २ सय २७ जना सक्रिय सङ्क्रमित रहेको उनले जानकारी दिए।
गएको २४ घन्टामा २ सय २७ जना सङ्क्रमण निको भइ डिस्चार्ज भएका छन् भने सङ्क्रमण निको हुनेहरूको जम्मा संख्या १४ हजार २ सय ४८ जना रहेका छन्।