झापाका ३२ सशस्त्र प्रहरीमा कोरोना भाइरस पुष्टि
बिर्तामोड । झापामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण बढ्दै गएको छ । आज मात्रै पूर्वी नाका काँकरभिट्टामा सुरक्षार्थ खटिएका थप १२ सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ ।

यस अघि पनि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि पुन : ३२ जना प्रहरीको नमुना संकलन गर्दा थप १२ जनामा संक्रमण देखिएको हो । हाल कोरोना संक्रमित प्रहरीहरु उपचारमा रहेका छन् ।
बिहीवार मात्रै पाथीभरा गण पाडाजुँगीका ३ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । उनीहरु इलामबाट तालिमका लागि पाथीभरा गण् आएका थिए ।
समुदायमा आधारित रहेर ८५ जनाको नमुना संकलन गर्दा भने सबैको रिर्पोट नेगेटिभ आएको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले बताइन् । झापामा हालसम्म जनपथ र नेपाली सेनामा संक्रमण देखिएको छैन ।