झापाका १३ सहित थप २२४ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापाका १३ जना सहित देशभर २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । झापा अर्जुनधाराका १ जना र काँकरभिट्टामा कार्यरत १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको हो ।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन् । त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हालसम्म १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर मास्क नलगाउने २ लाख सर्वसाधारणलाई कारवाही गरिएको छ । १६ हजारलाई मास्क वितरण गरिएको छ ।