अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अध्यक्षसहित परिवारका सबै सदस्य, स्वकीय सचिवालय तथा सुरक्षाकर्मीको नमूना परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वकीय सचिवसमेत रहनुभएकी गंगा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी दाहालको बाहिरी सुरक्षा घेरामा थिए ।