बैशाख २९, २०८२ सोमबार

बिर्तामोडको लकडाउन खोल्ने बारे आज निर्णय गर्ने

बिर्तामोड । झापाको बिर्तामोड पुनः लकडाउन भएको एक साता भएको छ । लकडाउन कहिले खुल्ला भन्ने आम चासो पनि बढिरहेको छ ।

समुदायमा कोरोना फैलिएको आशंकापछि लकडाउन गरिएको बिर्तामोडमा व्यापारीले तीब्र उल्लंघन गरिरहेका छन् । प्रहरीको आँखा छलेर व्यापार गर्ने व्यापारीहरुलाई कोरोनाको डरभन्दा पनि व्यापारको मात्रै चिन्ता भएको पाइन्छ । देशभर पछिल्लो समय कोरोना संक्रमण दर बढ्दैछ । यसैका बिच व्यापारीहरुले बिर्तामोडको लकडाउन खुल्ला गर्न दवाव दिइरहेका छन् ।

बिर्तामोड नगरपालिकाका अनुसार हालसम्म संकलन भएको स्वाबको नतिजा आएपछि मात्रै लकडाउन खोलिन्छ । नगरका एक अधिकारी भन्छन् – लकडाउन नगर्दा लकडाउनको हतार , गरेपछि खोल्नलाई हतार गर्नु असाध्यै नराम्रो प्रबृत्ति हो । अहिले बजारमा खाद्यन्नलाई बिहान ८ बजेदेखि ११ बजेसम्मलाई खुल्ला गर्न अनुमति दिइएको छ । तर, बिर्तामोडमा फर्निचरदेखि मोवाइल पसलसम्म खोल्ने काम भइरहेको छ ।

स्थानीय सरकारले नागरिकको सुरक्षाका लागि लकडाउन गरेर स्वाब संकलन गरिरहे पनि नागरिकको तहबाट हदैसम्मको लापरबाही भइरहेको देखिन्छ । विशेष गरी व्यापारीहरुका कारण बिर्तामोडमा कोरोनाको संक्रमण जोखिम बढेको छ ।

बिर्तामोड नगरपालिकाका योजना प्रमुख देवराज कार्कीले समुदायस्तरमा भएको परीक्षणको नतिजा पूर्ण रुपमा आएपछि मात्रै लकडाउन खोलिने बताए । उनका अनुसार दुई चरणमा गरिएको परीक्षणको नतिजा आइसकेको छ । ३११ जनाको रिपोट नेगेटिभ आइसकेको छ, कार्कीले भने – अब आउने रिपोटको नतिजा अनुसार लकडाउन खोल्ने निर्णय गरिन्छ । बिर्तामोडको आज आउने रिपोटपछि लकडाउन खोल्ने निर्णय गर्छाै, कार्कीले भने– सकभर आजै यसबारे निर्णय गरिनेछ ।
बजार क्षेत्रमा संक्रमितहरु घुमफिर गरेको घटनापछि यहाँ जोखिम बढेर गएको छ । स्वास्थ्य प्रति सचेत नागरिकहरुले तत्काल लकडाउन खोल्न नहुने धारणा राखेका छन् ।

प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]