झापाका ४ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये झापाका ४ जना छन् ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएका छन् ।