लामो दूरीका यातायात र हवाई उडान १५ भदौसम्म नखोल्ने सरकारको निर्णय
सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो निर्णय गरेको हो । साथै सरकारले उपत्यकाको सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
यसअघि १ भदौबाट लामो दूरीको यातायातका साथै अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर पछिल्लो समय समूह-समूह, ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिन थालेपछि सरकार आफ्नो अघिल्लो निर्णयबाट पछि हटेको हो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दूरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, शैक्षिक कार्यक्रम १५ भदौसम्म नगर्न सिफारिस गरेको थियो ।