मेचीनगरका ४ सहित थप ६३८ जनामा कोरोनामा पुष्टि
बिर्तामोड । मंगलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज झापामा ४ जना संक्रमित थपिएका छन् । उनीहरु मेचीनगरका हुन् । ३ पुरुष र १ महिला गरी जनामा संक्रमण पुष्टि भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जनाकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । चौबीस घण्टामा दशहजार ४६२ पीसीआर परीक्षण गरेकोमा ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा एकसय ७१ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त भएको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।